०९ असार २०८३, मंगलबार

उड्ने लोखर्केको १ करोड पुरानो जीवाश्म भेटियो

उड्ने लोखर्केको १ करोड पुरानो जीवाश्म भेटियो

काठमाडौं — कुनै समयमा उड्ने लोखर्के पनि धर्तीमा रहेको कुरा पत्ता लागेको छ । वैज्ञानिकहरूले उड्ने लोखर्केको सबभन्दा पुरानो जीवाश्म पत्ता लगाएका छन् जसबाट यस जीवको उत्पत्तिमा नयाँ प्रकाश पारेको छ । 

ईलाइफ नामक पत्रिकाले स्पेनको क्यान मटा नामक शहरबाट लगभग ४० किलोमिटर पर फोहर फाल्ने ठाउँमा १.१६ करोड वर्ष पुरानो जीवाश्म फेला पारेको छ । 

स्पेनको आईसीपी संस्थानका इसाक कासानोभास विलारले भने, ‘पुच्छर र तिघ्राको हाडको ठूलो आकारका कारण हामीले पहिला त यो वनमानवको जीवाश्मको भन्ठानेका थियौं । उत्खनन गर्दै जाँदा पो यो कुनै ठूलो लोखर्केको कंकाल भएको पत्ता लाग्यो ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्