
काठमाडौं – शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख उपसचिव लालबाबु साह ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
विद्यालयको भवन निर्माणका लागि निकासा भइसकेर पनि बैंकमा रोक्का भएको रकम फुकुवा गरिदिने भन्दै घुस लिँदै गरेको पूर्वसूचनाका आधारमा खटिएको अख्तियारको टोलीले साहलाई घुससहित बिहीवार पक्राउ गरेको हो ।
साहलाई वीरगञ्ज- १४ स्थित उनको सरकारी निवासबाटै नियन्त्रणमा लिएर अनुसन्धान शुरू भएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।