१५ असार २०८३, सोमबार

विमानस्थलको पर्खालमा ठोक्यिो विमान, १३६ यात्रुको ज्यान जोगियो

विमानस्थलको पर्खालमा ठोक्यिो विमान, १३६ यात्रुको ज्यान जोगियो

मुम्बइको त्रिचीबाट दुबइको लागि उडान भर्न लागेको एयर इन्डियोको विमान दुर्घटनाबाट जोगिएको छ । यो फ्लाइट रनवेबाट उडान भर्नासाथ एयरपोर्ट कम्पाउन्डमा रहेको भवनको पर्खालमा ठोकिएको थियो । 

यो विमानमा १३६ मानिस सवार थिए । टेक अफ गर्ना साथ विमानको अगाडिको पांग्रा भवनहरुमा ठोकिएको थियो यो फ्लाइट पछि मुम्बइम सुरक्षित अवतरण गराइएको थियो । 

विमान मुम्बइमा अवतरण गरिएपछि अधिकारीहरुले घटनाको अवस्थाबारे समिक्षा गरेका थिए । 

विमानका साथ भएको यस्तो दुर्घटनापछि विमानको रुटमा परिवर्तन गरेर मुम्बइमा ल्याण्ड गराइएको छ । उक्त विमानको जाँच गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्