१५ असार २०८३, सोमबार

ट्रम्पले दिए धम्की : इरानसित तेल किनेर त देखाओ !

ट्रम्पले दिए धम्की : इरानसित तेल किनेर त देखाओ !

काठमाडौं — इरानमाथि अमेरिकाले प्रतिबन्ध लगाएको भएपनि कतिपय देशले उससँग कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रिसाएका छन् । 

उनले सबै देशलाई नोभेम्बर ४ पछि इरानसँग कच्चा तेल कुनै देशले किनेर त देखाओस् न भनी धम्की दिएका छन् । यस्तो गर्ने देशलाई अमेरिकाले कडा कारवाही गर्ने उनको भनाइ छ । 

नोभेम्बर ४ सम्ममा इरानबाट कच्चा तेलको आयात घटाएर शून्य पुर्‍याउन सहयोग नगर्ने देशलाई अमेरिकाले खातिरदारी गर्ने उनको भनाइ छ । भारत र चीन जस्ता देशले इरानबाट तेल आयात गरिरहेको सन्दर्भमा ट्रम्पको यस्तो धम्की आएको हो । 

ट्रम्पले मे महिनामा अमेरिकालाई इरानको आणविक सम्झौताबाट अलग्याएका थिए र उसमाथि फेरि प्रतिबन्ध लगाएका थिए । 

अमेरिकाले आफ्ना विरोधीहरूमाथि प्रतिबन्ध लगाउनका लागि काउन्टरिङ अमेरिकाज एड्भर्सरीज थ्रु स्यांक्सन्स एक्ट (काट्सा) कानून बनाएको छ । 

अघिल्लो महिना अमेरिकाले चीनमाथि यसै कानूनअन्तर्गत प्रतिबन्ध लगाएको थियो । त्यतिखेर चीनले रुससँग लडाकू विमान र क्षेप्यास्त्र प्रतिरोधी प्रणाली किनेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्