१५ असार २०८३, सोमबार

सशस्त्र प्रहरीले पनि गर्ने भयो दशैंको अवसरमा निःशुल्क बस सञ्चालन

सशस्त्र प्रहरीले पनि गर्ने भयो दशैंको अवसरमा निःशुल्क बस सञ्चालन

काठमाडौं–सशस्त्र प्रहरी बल नेपालले पनि नेपाल अार्मी र प्रहरीले जस्तै बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ ।
बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले निःशुल्क बस संचालन गर्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुने गरी  कायम गरिएको छ ।

    यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ । 
यसैगरी सशस्त्र प्रहरी बलको अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकीहुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ । 
सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ०८ः०० बजेदेखि बेलुका ०६ः०० बजे सम्म संचालन हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्