२९ जेठ २०८३, शुक्रबार

गण्डकी प्रदेश सरकार आवासीय विद्यालय चलाउने तयारीमा

गण्डकी प्रदेश सरकार आवासीय विद्यालय चलाउने तयारीमा

म्याग्दी – गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी गरेको हो । 

बेनीमा पत्रकारसँगको भेटघाटमा मन्त्री नरदेवी पुनले आवासीय विद्यालय सञ्चालनका लागि चालू आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । आवासीय विद्यालयको मापदण्ड तयार पारेर चालू आर्थिक वर्षमै हिमाली जिल्ला मनाङ र मुस्ताङबाट कार्यक्रम कार्यान्वयन गरिने बताउँदै उनले यसबाट दरबन्दी अनुसारका शिक्षक अभावको समस्या समाधान हुनाका साथै गुणस्तर सुधारमा पनि सहयोग पुग्ने बताए ।

रोजगार र सीपमूलक तालीम, प्रतिष्ठानलाई एकीकृत, प्राविधिक महाविद्यालय सञ्चालनको तयारी गरेको प्रदेश सरकारले भौतिकसँगै मानवीय विकासमा पनि उत्तिकै जोड दिएको मन्त्री पुनले बताए । बेनी–दरवाङ–ढोरपाटन सडकलाई २ जिल्ला जोड्ने राजमार्ग बनाउन पहल गरिएको र त्रिवेणी–कोरला सडकलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्