०७ असार २०८३, आइतबार

यमनमा सय वर्षकै सबभन्दा भयंकर अकाल आउने राष्ट्रसंघको चेतावनी

यमनमा सय वर्षकै सबभन्दा भयंकर अकाल आउने राष्ट्रसंघको चेतावनी

काठमाडौं — साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाहरूले हवाई आक्रमण नरोकेमा यमनले विगत सय वर्षमा सबभन्दा भयंकर अकालको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । 

यमनमा राष्ट्रसंघीय मानवीय मामिलाका संयोजक लिसे ग्रान्डेले यमनमा युद्ध जारी रहेमा आगामी तीन महिनामा त्यहाँका एक करोड ३० लाख मानिसले अकालको सामना गर्नुपर्ने बताएका छन् । 

उनले भने, ‘हामीहरू २१औं शताब्दीमा प्रवेश गरिसकेका छौं तर यमनमा आगामी केही महिनामा अकाल परेर मानिसको बिजोग हुने स्थितिको अपेक्षा गरिरहेका छौं । धेरैजनालाई यसो होला भन्ने विश्वास छैन तर यमनमा अहिले भइरहेको नै यही हो ।’

यमनमा विगत तीन वर्षदेखि भयंकर गृहयुद्ध जारी छ र त्यहाँ इरानसमर्थित हूती विद्रोहीहरू साउदी अरब गठबन्धनसँग लडिरहेका छन् । देशको मुद्रा ओरालो लागेको छ र खानेपिउने वस्तुको दाम दुईगुणा बढेको छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्