२४ जेठ २०८३, आइतबार

आफ्नै प्रेमिकालाई काटेर मुटु झिकेपछि रक्सीसँग खाए यी व्यक्तिले

आफ्नै प्रेमिकालाई काटेर मुटु झिकेपछि रक्सीसँग खाए यी व्यक्तिले

काठमाडौं — रुसका एक नरभक्षी व्यक्तिलाई १२ वर्षको कारावास सजाय सुनाइएको छ । उनले आफ्नी प्रेमिकालाई मारेर उनको मुटु झिकेर पकाए अनि रक्सीसँगै त्यो मुटु खाइदिए ।

अलेक्से यास्त्रेबोभ नामक ती व्यक्तिलाई आफ्नी प्रेमिका एकातेरिना निकिफोरोभालाई झगडापछि कैंचीले १२९ पटक हिर्काएर मारेको आरोप छ । 

उनले प्रेमिकाको घाँटी चक्कुले काटेका थिए । 

त्यसपछि उनले प्रेमिकाको मुटु र देब्रे फोक्सो निकालेका थिए र तिनलाई स्टोभ बालेर पानीमा उमालेका थिए । यो घटना क्रास्नोयार्स्कस्थित आफ्नै घरमा गरेको अदालतको सुनुवाइमा खुलेको छ । 

उनले यो वीभत्स हत्याका बारेमा आफ्नो साथीलाई अनौठो मुस्कानसहित सुनाएका थिए, ‘मैले तिमीलाई भनेको थिएँ नि, म उसको मुटु खाइदिन्छु । मैले खाइदिएँ ।’

निकै तर्सिएका साथीले भने, ‘उसनजिक एउटा बोतल थियो । उनले मुटु खाँदा सँगै वाइन पनि पिएको बताए ।’

यी दुष्ट हत्यारालाई हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । 

उनले पीडित महिलाकी आमा ल्युबोभ टिमोशेन्कोसँग माफी मागेका थिए । 

ती महिलाका दुई छोरी पनि छन् ।

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्