२४ जेठ २०८३, आइतबार

जुवा खालबाट अढाई लाख रुपैयाँसहित १४ जुवाडे पक्राउ

जुवा खालबाट अढाई लाख रुपैयाँसहित १४ जुवाडे पक्राउ

जुम्ला –बसपार्क नजिकैको पुल हाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई २ लाख ५१ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

जुवा खालमा भेटिएको रकम जफत गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । दशैंतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरू गरेको छ ।

सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्