१० असार २०८३, बुधबार

दुर्घटनामा ८ जनाको मृत्यु

असोज ३०, २०७५
दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस्तै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले ठक्कर दिएको थियो ।
 दुर्घटनामा रिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । तर, अपूष्ट विवरणमा उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्