स्याङ्जा- प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ ।
नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकप आयोजना हुने बताउँदै यो राज्य र खेलाडीका लागि गर्वको कुरा भएको बताए ।
प्रतियोगितामा नेपालसहित जापान, क्यानडा, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, भारत, पाकिस्तानलगायत करीब ३० भन्दा बढी देशका महिला र पुरुष खेलाडीले भाग लिने बताइएको छ ।