
काठमाडौं — टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको साउदी पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी दह्रो प्रमाणका रूपमा रहेको भनिएको एउटा भिडियो अमेरिकाले मागेको छ ।
‘त्यो भिडियो छ भने हामीलाई दिनुस् भनेका छौं,’ राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई बताए ।
अक्टोबर २ तारिखमा वाणिज्य दूतावासमा प्रवेश गरेदेखि खशोग्गी बेपत्ता छन् । साउदी अरबले उनलाई मारेको कुरा अस्वीकार गरेको छ ।
यसैबीचमा द वाशिङटन पोस्टले खशोग्गीले बेपत्ता हुनुअघि लेखेको अन्तिम स्तम्भ प्रकाशित गरेको छ ।
स्तम्भमा उनले मध्यपूर्वमा स्वतन्त्र प्रेसको महत्त्वका विषयमा चर्चा गरेका छन् ।
बीबीसीबाट