०१ असार २०८३, सोमबार

अब शर्ट पनि खान मिल्ने : वैज्ञानिकले बनाए एडिबल कटन

कात्तिक १, २०७५
अब शर्ट पनि खान मिल्ने : वैज्ञानिकले बनाए एडिबल कटन

काठमाडौं — अमेरिकामा अब छिट्टै मानिसहरूले सूतीको कपडा लगाउनका साथै खान पनि पाउने भएका छन् । 

खान मिल्ने कटन छिट्टै बजारमा आउने भएको छ ।

मंगलवार यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरले कटन प्लान्टको बायोटेक संस्करणलाई व्यावसायिकीकरण गर्नका लागि अनुमति दिएको छ । 

टेक्सस ए एन्ड एम विश्वविद्यालयका अनुसार, यो कटन बिरुवाको बिउ पनि खान सकिन्छ । विश्वविद्यालयले कटनको यो प्रजाति दुई दशकअघि विकसित गरेको हो । 

तर यसलाई यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्वीकृति आवश्यक छ । विश्वविद्यालयका अनुसार, यो स्वीकृति केही महिनामै प्राप्त हुनेछ । त्यसपछि किसानले लगाउन र खान दुवै प्रयोजनका लागि कटन उमार्नेछन् । 

कटन इन्कर्पोरेटेडका उपाध्यक्ष कार्टरले कटनलाई व्यावसायिक रूपमा उमार्नका लागि लामो समय लाग्ने बताए किनकि बिउहरूको आपूर्ति अर्को सीजनदेखि बढाउनुपर्ने हुन्छ । यसका लागि अनुसन्धान, मार्केटिङ र फन्डको
आवश्यकता पर्छ । 

कटनका बिउमा पर्याप्त मात्रामा प्रोटीन हुने कार्टरको भनाइ छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्