
काठमाडौं – बेलायती संसदमा बुधवार पहिलोपटक पेप्पर नामक रोबोटले प्रतिवेदन प्रस्तुत गरेको छ ।
त्यसपछि मानिसले प्रधानमन्त्री टेरिजा मेको मजाक उडाएका छन् । उनीहरूले टेरिजालाई ब्रेक्जिट गराउने हतारो छ तर उनको रोबोटले यो काम झनै छिटो गरिदिन सक्छ भने ।
केही मानिसले चाहिँ रोबोटको नाम परिवर्तन गरेर प्रधानमन्त्री मेसँग जोड्दै मेबोट भने ।
एजुकेसन सेलेक्ट कमिटीका अध्यक्ष र टोरी सांसद रोबर्ट हफनले रोबोटलाई संसदमा बोल्न आमन्त्रित गरे । उनले मिडलसेक्स विश्वविद्यालयको यो ह्युमनोइड रोबोटको प्रेजेन्टेसन सुनेका थिए ।
रोबोटले सेलेक्ट कमिटीसमक्ष आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा जानकारी दिएको छ । बेलायती विद्यालयमा कस्तो परिवर्तन गर्नुपर्छ भन्ने जानकारी पनि उसले दियो । रोबोटले अमेरिकी उच्चारणमा प्रतिवेदन प्रस्तुत गरेको थियो ।
एज यूके संस्थाकी च्यारिटी डाइरेक्टर क्यारोलाइन अब्राहमले भविष्यमा यस्तै किसिमको प्रविधिले हाम्रो आवश्यकता पूरा गर्ने बताइन् । तर यस्तो परिवर्तन हामी तत्कालै देख्न चाहँदैनौं पनि उनले भनिन् ।
एजेन्सी