२३ जेठ २०८३, शनिबार

प्रियंका चोपडालाई बच्चा जन्माउने हतारो

कात्तिक २, २०७५
प्रियंका चोपडालाई बच्चा जन्माउने हतारो

काठमाडौं – अभिनेत्री प्रियंका चोपडाले आफूलाई सन्तान जन्माउने हतारो लागेको एक्स्ट्रा मनोरञ्जन पत्रिकालाई बताएकी छन् । 

उनकी साथी डचेस अफ ससेक्स मेगन मार्कल गर्भवती भएको विषयमा उनलाई सोध्दा भनिन्, ‘म एकदमै उत्साहित छु । मेरा केही साथीहरू बच्चा पाउन लाग्दैछन् । त्यसैले ममा पनि बेबी फिभर लाग्ने बेला भएको अवश्यै हो ।’

प्रियंका अमेरिकी गायक निक जोनाससँग बिहे गर्दैछिन् । उनीहरूको टीकाटालो भइसकेको छ । 

अघिल्लो महिना एक स्रोतले हलिउड लाइफलाई बताएअनुसार, प्रियंका र निक परिवार शुरू गर्न हतारिएका छन् । त्यसैले गर्दा निकका दाइ जो जोन्स र उनकी प्रेमिका सोफी टर्नरले प्रियंका र निकको बिहेलाई प्राथमिकता दिएका छन् । 

प्रियंका र निकको विवाह डिसेम्बर २ मा राजस्थानको मेहरानगढ किल्लामा हुने भनी टाइम्स अफ इन्डियामा रिपोर्ट छापिएको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्