११ असार २०८३, बिहीबार

कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाए

कात्तिक २, २०७५
कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाए

नुवाकाेट–नुवाकोट कारागारका कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाएका छन् । 
विभिन्न मुद्धामा सो कारागारमा थुनामा रहेका १ सय ४१ जना पुरुष र २० जना महिला गरी १ सय ६१ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउाका साथै तीन सय भन्दा बढी कैदीका आफन्तबाट टीका ग्रहण गरेका हुन् ।
 कारागारका आन्तरिक प्रशासन प्रमुख लुमडी कार्कीले कारागारमा रक्तदान र अन्य विभिन्न कार्यक्रम पनि गरिएको जानकारी दिए । 
दशैँ मनाइँदा कैदीहरुमा भाईचारा र सद्भाव वृद्धि भई कारागार सुधारमा समेत बल पुग्ने कारागार निमित्त प्रमुख रामराजा भण्डारीले बताए। 

salt training

कमेन्ट गर्नुहोस्