०९ असार २०८३, मंगलबार

दशैं बिदामा पनि आयोग खुल्ला

कात्तिक २, २०७५
दशैं बिदामा पनि आयोग खुल्ला

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ बिदामा पनि  खुल्ला राखेको छ । 
आयोगका सचिव वेदप्रसाद भट्टराईले दशैंका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुला रहेको बताए । 

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

 यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत जारी राखेको जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्