
ढाका - हाल बङ्गलादेशमा डाक्टर पढ्दै गरेका बिद्यार्थीहरुले पनि दशै मौलिक रुपमा मनाएका छन ।
हाल बङ्गलादेशको चिट्टागाउ स्थित साउर्दन मेडिकल कलेजमा एम.बि.बि.एस पढ्दै गर्नुभएको विद्यार्थी सरोज खनाल (ओभेल्स) भन्नुहुन्छ," दशै हाम्रो मौलिक पर्व हो।हामीले मनाउनु पर्छ। हामीले यहाँ सकेसम्म आफ्नो मौलिकता झल्काउन खोजेका छौ। दशमीको अघिल्लो दिनहरुमा दुर्गामाताको मन्दिर गयौ।दशमीको दिन विहान साहितमा आय द्रोण सुते र जयन्ती मङ्गलाकालीका आशिष सहित टीका लगायौ। बेलुका नेपाली गितमा नृत्य भयो, नेपाली गजल, गित प्रस्तुत भयो। अनि नेपाली खानाका परिकारका साथ दशै मनाईयो। यसले नेपाली मौलिकता त झल्काएको छ नै, साथै हामी जस्तो परदेशमा बस्नेहरुका लागि घरबाट टाढा भएपनि पारिवारिक आभास गराउदछ। यसले गर्दा मलाई यत्रो महान चाडमा एक्लो महसुस भएन। यसको लागि मेरा साउर्दनका दिदिबहिनीहरु,दाजुभाईहरुलाई विशेष धन्यवाद भन्न चाहन्छु।"

चिट्टागाउको साथसाथै ढाकामा पनि दशै भब्यताका साथ मनाईको थियो। बङ्गलादेशस्थित नेपाल दुतावासका राजदुत मार्फत सम्पूर्ण नेपाली विद्यार्थीले टीका ग्रहण गरेका थिए।