०५ असार २०८३, शुक्रबार

बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कात्तिक ३, २०७५
बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित एसएस पोल्ट्री फर्ममा काम गर्ने रोल्पाका ३७ वर्षीय अमर दमाईको हत्या घटनाका अभियुक्त पक्राउ परेका छन् ।

बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने रोल्पा मुस्ताङ गाउँपालिका–९ का २१ वर्षीय धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

लाठी प्रहार गर्दा गम्भीर घाइते भएका अमरको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्