३१ जेठ २०८३, आइतबार

भारतमा तितली आँधीमा मर्नेको संख्या ६१ पुग्यो

कात्तिक ४, २०७५
भारतमा तितली आँधीमा मर्नेको संख्या ६१ पुग्यो

काठमाडौं — भारतको उडिसामा तितली आँधी र त्यसले ल्याएको पहिरोमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भइसकेको छ । 

यी ६१ बाहेक प्रशासनले अन्य ११ व्यक्तिको मृत्युको पुष्टि गर्न खोजेको छ । ती ११ मा आन्ध्र प्रदेशबाट माछा समात्न आएका तीन माझी पनि छन् । 

उडिसा सरकारले मृतक परिवार प्रत्येकलाई १० लाख भारु दिने घोषणा गरेको छ । सरकारका मुख्यसचिव पाधीले गजपति र गजनम जिल्लाहरूमा सडक मर्मत गरिसकिएको र दुई दिनभित्र ९० प्रतिशत प्रभावित क्षेत्रमा बिजुली आपूर्ति बहाल गरिने बताए । 

तितली आँधी र बाढीका कारण राज्यका १७ जिल्लामा २.७ लाख हेक्टरमा अन्न नोक्सान भएको छ । सरकारी अनुमानअनुसार प्राकृतिक विपतबाट कुल २७७०.२८ करोड भारु नोक्सान भएको छ । मुख्यमन्त्री नवीन पटनायकले राज्यमा
राहत तथा पुनर्निर्माण कार्यका लागि केन्द्र सरकारबाट एक हजार करोड भारुको अन्तरिम सहायता मागेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्