०५ असार २०८३, शुक्रबार

पत्नीलाई कुकुरसँग घरमा छोडेर गए यी व्यक्ति, फर्केर आउँदा स्तब्ध

कात्तिक ४, २०७५
पत्नीलाई कुकुरसँग घरमा छोडेर गए यी व्यक्ति, फर्केर आउँदा स्तब्ध

काठमाडौं — अमेरिकामा एक व्यक्तिले आफ्नी श्रीमती र घरपालुवा कुुकुरलाई घरमा एक्लै छोडेर हिँड्दाको दुष्परिणाम भोग्नुपरेको छ ।

उनी दुवैलाई घरमा छोडेर बजारबाट सामान लिन गएका थिए र फर्किंदा घरको हालत देखेर स्तब्ध भए । उनकी पत्नी भुइँमा लडिरहेकी थिइन् भने कुकुरले उनलाई टोकिरहेको थियो । कुकुरले टोकेर पत्नीको मृत्यु भयो ।

रोबर्ट फ्रेजरकी पत्नीको यस्तो भयानक मृत्यु भएको हो । उनका अनुसार, पत्नीले कुकुरको खाना अन्त सारेकोले कुकुर रिसाएर उनलाई मारेको हुनुपर्छ । 

वाशिङटन डीसीमा भएको यो घटनामा रोबर्टकी पत्नी एन्जेलाको मृत्यु भएको हो । एन्जेलासँग दुई दशकदेखि सँगै बस्दै आएका भएपनि रोबर्टले दुई वर्षअघि मात्र बिहे गरेका हुन् । 

अनि पिटबुल कुकुर केनलाई उनले आठ वर्षदेखि पालिरहेका थिए । केनको व्यवहार यसअघि निकै राम्रो रहेको र ऊ हुँदा परिवारले सुरक्षित अनुभव गर्ने गरेको थियो । 

रोबर्टले घर फर्किंदा पत्नी एन्जेलालाई कुकुरले आक्रमण गरेर टोकेको देखेपछि एम्बुलेन्स बोलाएका थिए । एन्जेलाको शरीरमा घाउ नै घाउ थियो । प्रहरी तथा मेडिकल टोली घटनास्थलमा पुगे र एन्जेलालाई केनबाट छुटाए ।

यस क्रममा कुकुरले स्वास्थ्यकर्मीलाई पनि टोक्न खोजेको थियो । एन्जेलालाई तत्कालै अस्पताल भर्ना गरिएको भएपनि उनको केही समयमै मृत्यु भयो । 

एन्जेलाको सानो गल्तीले गर्दा केनले उनको ज्यानै लिएको भन्दै रोबर्टले बिलौना गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्