०५ साउन २०८३, मंगलबार

भारतबाट तस्करी गरेर ल्याइएका कुखुराका चल्ला बरामद

कात्तिक ४, २०७५
भारतबाट तस्करी गरेर ल्याइएका कुखुराका चल्ला बरामद

बुटवल – सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा आइतवार बिहान ३ हजार ५ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । 

रोहिणी गाउँपालिका–७ टिकर क्षेत्रमा गस्तीमा गएको सशस्त्रको टोलीले लुकाइछिपाई भारतबाट ल्याइँदै गरेको अवस्थामा चल्ला बरामद गरेको राजस्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीको सूचना शाखाले जनाएको छ ।

राजस्व गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले अवैध चल्ला बरामद गरेको गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीले बताए ।

भारतीय सीमा क्षेत्रबाट तस्करले भरिया प्रयोग गरेर खेतको बाटो चल्ला नेपाल भित्र्याउँदै गरेको सूचना पाउनासाथ गएको गस्तीले उक्त चल्ला बरामद गर्नाका साथै बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोस्ट बेलहिया, नेपाल ह्याचरी संघ, सञ्चारकर्मी र स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको गुल्मले जनाएको छ । 

पछिल्लो समय रुपन्देहीमा अवैध चल्ला भारतबाट नेपालतर्फ व्यापक रुपमा भित्रिने गरेको गुनासो स्थानीयस्तरमा उठेको छ । यसको रोकथाममा सशस्त्रले विशेष अभियान थालेको पछिल्लो २ महिनामा १० हजार अवैध चल्ला बरामद गरी नष्ट गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्