०५ असार २०८३, शुक्रबार

पत्रकार हत्या आफ्नो गल्ती भएको साउदी अरबको भनाइ

कात्तिक ५, २०७५
पत्रकार हत्या आफ्नो गल्ती भएको साउदी अरबको भनाइ

काठमाडौं — साउदी अरबका परराष्ट्रमन्त्री अदेल अल–जुबेरले पत्रकार जमाल खशोग्गीको हत्या ठूलो गल्ती भएको स्वीकार गरेका छन् । 

एक न्युज च्यानलसँग कुराकानी गर्दै अल–जुबेरले भने, ‘आफ्नो अधिकारक्षेत्रलाई उल्लंघन गरेर केही मानिसले यो काम गरे । वास्तवमै ठूलो भूल भएको छ । त्यसलाई लुकाउन खोजेर झन् ठूलो गल्ती गरिएको छ । यो कदापि स्वीकार्य छैन ।’

अब–जुबेरले साउदी सरकार पत्रकार हत्याको अनुसन्धान गर्न र सही कारण पत्ता लगाउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामी हरेक पक्षलाई सार्वजनिक गर्नेछौं । हत्याहरूलाई सजाय दिन पनि हामी प्रतिबद्धता जनाउँछौं ।’

युवराज मोहम्मद बिन सलमान यो पूरै कारवाहीबाट अनभिज्ञ रहेको उनले बताए । त्यति मात्र नभई हत्यामा संलग्न मानिससँग पनि बिन सलमानको कुनै साइनो छैन । वरिष्ठ नेतृत्व पनि यसका बारेमा केही जान्दैनन् ।

टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा कागजातमा हस्ताक्षर गर्न अक्टोबर २ मा पुगेका खशोग्गीको त्यहीँ हत्या भएको हो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्