
काठमाडौं — सामाजिक सञ्जालमा अहिले दुईवटा भिडियो चर्चाको विषय बनेका छन् । दुवै भिडियोको समान कुरा छाता हो ।
एउटा भिडियो अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको हो भने अर्को बेलायती राजकुमार ह्यारीकी पत्नी मेगन मार्कलको ।
ट्रम्पको भिडियोमा उनले हातमा छाता बोकेको देखिन्छ तर पत्नीसँग शेयर गरेको देखिँदैन । ट्रम्प ह्वाइट हाउस बाहिर पानी परिरहेको अवस्थामा छाता बोकेर उभिएका देखिन्छन् । उनी मिडियासँग कुरा गरिरहेका छन् ।
पछि मेलानिया उनको हात समातेर गइरहेको देखिन्छ तर ट्रम्पले उनलाई छाता ओढाउँदैनन् ।
अर्को भिडियोमा मेगन मार्कलले प्रिन्स ह्यारीसँग बर्खामा छाता शेयर गरेको देखिन्छ । यो भिडियो अक्टोबर १७ मा अस्ट्रेलियाको भिक्टोरिया पार्कमा भएको कार्यक्रममा लिइएको हो । भिडियोमा प्रिन्स ह्यारी मानिसहरूसँग कुराकानी
गरिरहेको र मेगन छाता समातेर उभिएको देखिन्छिन् ।
यी भिडियोहरू हेरेर मानिसले ट्रम्प बेसोमती भएको टिप्पणी गरिरहेका छन् भने मेगनको खुबै प्रशंसा गरिरहेका छन् ।
First lady Melania Trump joins President Trump as he prepares to depart for Georgia and Florida to survey storm recovery efforts.
"She did a great job on television the other night and I didn't do so bad either, but she did a great job on television." https://t.co/ExyoskXW4Y pic.twitter.com/lisqG1L3Uz— ABC News Politics (@ABCPolitics) October 15, 2018
एजेन्सी