
‘तपाईं मुम्बई आइरहनु भएको छ, तपाईं मुम्बई आइरहनु भएको छ ।’ सोनी टिभीमा आइरहेको इन्डियन आइडलका जज अनु मलिकको यो बाक्यांश अव तपाईले सुन्न पाउनुहुने छैन ।
अनु मलिक अब इन्डिन आइडलमा देखिने छैनन् ।
ह्यासट्याग मी टू अभियान मा अनु मलिकमाथि गायिका सोना महापात्रा तथा श्वेता पण्डितले यौन उत्पीडनको आरोप लगाएका छन् ।
यस आरोपपछि सोनी टिभीले एक विज्ञप्ति जारी गर्दै अनु मलिक अब इन्डियन आइडलमा नरहने जानकारी दिएको हो ।
‘अनु मलिक अब इन्डियन आइडलको जूरीमा छैनन् । तर शो पहिलेको जस्तै चलिरहने छ । हामी शोमा भारतीय संगीतका ठूलठूला हस्तीलाई बोलाउने छौं । उनीहरुले विशाल र नेहासँग मिलेर इन्डियन आइडल १० को प्रतभिाशाली प्रतियोगीलाई जज गर्नेछन् ’ विज्ञप्तिमा भनिएको छ ।
समाचार एजेन्सी पीटीआइका अनुसार अनु मलिकले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले इन्डियन आइडलबाट ब्रेक लिने फैसला गरेको छु किनकी मैले आफ्नो काममा ध्यान दिन सकिरहेको छैन, च्यान मेरो यो भनाइमा सहमत छ ।’
अनु मलिक इण्डियन आइडलसँग २००४ देखि सँगै थिए ।
ह्यासट्याग मी टू महिलामाथि भएको यौन उत्पीडनको समस्या सार्वजनिक गर्ने अभियान बनेको छ । यस अभियानका क्रममा गायिका श्वेता पंडितले आफ्नो अनुभव ट्वीटमा शेयर गरेकी थिइन् ।
श्वेताले लेखेकी थिइन्,‘सनु २००० मा मोहब्बत फिल्मबाट मरो करियरको पनि शुरुवात भयो । म राम्रो गीतको खोजिमा थिए । त्यस सयम मलाई अनु मलिकको मेनेजरले फोन गरे । २००१ मा मलाई अधेरीको एम्पायर स्टूडियोमा बलाइयो । म अरु गायक जस्तै जोशमा थिए । एक क्याविनमा म र अनु मलिक थियो । अनुले विना संगीत मलाई एक गीत गाउन भने, गीत सुनेर अनुले भने , म तिमीलाई एक गीत दिनेछु त्यसअघि तिमीले मलाई किस गर्नुपर्छ । यो भनेर अनु हासिरहेका थिए । जतिबेला म मात्र १५ वर्षकी थिए ।’
सोना महापात्राले पनि अनु मलिक माथि गम्भीर आरोप लगाएकी थिइन् ।
यौन उत्पीडनको आरोपको बारेमा अनु मलिकको वकिलले यसको सफाइ पेश गरेका छन् ।
उनका अनुसार अनु मलिक माथिज लगाइएको आरोप झुठो र कपोकल्पित छ । अनु मलिक मी टू अभियानको सम्मान गर्छन् तर यस अभियानका क्रममा कसैको चरित्र हनन गर्नु गलत हो ।