
सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ ।
विमानस्थलमा अवतरण गरिएको हेलिकप्टरको आफ्नै पंखाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए ।
काठमाडौंबाट लुक्ला आएको अर्को हेलिकप्टरको कारणले उक्त हेलिकप्टरमा सामान्य क्षति भएको बताइएको छ । सोमवार बिहान ११ः४५ बजेको समयमा अवतरण गरिएको हेलिकप्टर नजिकै अर्को हेलिकप्टरसमेत अवतरण गराउने क्रममा घटना भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
अवतरण गरी राखिएको उक्त हेलीको आफ्नै पंखाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ । क्षति पुगेको उक्त हेलिकप्टरलार्ई काठमाडाँंबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौं लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।