१७ असार २०८३, बुधबार

मरुभूमिको बीचमा बसेको यो स्वर्ग !

कात्तिक २०, २०७४
मरुभूमिको बीचमा बसेको यो स्वर्ग !
काठमाडौं, १६ फागुन — मरुभूमिको कुरा उठ्दा सबैतिर बालुवाको दृश्य आँखाअगाडि आउँछ । अनि पानीको अभाव पनि मरुभूमिको विशेषता हो । तर दक्षिण अमेरिकामा रहेको देश पेरुको मरुभूमिमा रहेको एक गाउँको बारेमा सुन्नुभयो भने छक्क पर्नुहुनेछ ।


यो गाउँ मरुभूमिको बीचमा अवस्थित छ तर यहाँ पानीको कमी छैन । सबैतिर पूर्ण रूपमा हरियाली फैलिएको छ । एक सुन्दर मरूद्यान हो यो । शुरुमा यहाँ आउने मानिस एकचोटि त छक्क पर्छ ।

मरुभूमिको बीचमा बसेको यो गाउँको नाम हुआकाचीना हो । यो पेरुको दक्षिणपश्चिमी भागमा पर्छ । यहाँ सयजना स्याथी बासिन्दा छन् भने दशौं हजारौं पर्यटक प्रतिवर्ष यहाँ आउँछन् ।

हुआकाचीना मरुभूमिको बीचमा रहेको एक प्राकृतिक तालको वरिपरि बसेको छ । यहाँ पर्यटकहरू बालुवामा स्केट खेल्न आउँछन् । अनि बालुवाका डुनहरूमा बग्गी सवारी पनि गर्छन् ।

स्थानीयहरू यहाँको पानी र माटोले रोगको उपचार गर्ने विश्वास गर्छन् । यहाँ आउने पर्यटकहरू स्थानीयसँगै मिलेर बाथरोग, दम र श्वासप्रश्वासको समस्याको उपचार खोज्छन् ।

अनि पर्यटकहरू यहाँको सुन्दर सूर्यास्त दृश्य हेर्न सकेत आउँछन् । जम्मा २०० मिटरमा फैलिएको यो ठाउँको सुन्दरताले जोकोहीलाई प्रभावित पार्छ ।


पहिला त यो ठाउँमा धनी र शाही मानिसहरू मात्र पुग्थे तर सन् १९९० पछि यो सर्वसाधारणका लागि खुल्ला गरियो । यसलाई सांस्कृतिक धरोहरका रूपमा पनि हेरिन्छ र पेरुको मुद्रामा पनि यसको चित्र राखिएको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्