०३ साउन २०८३, आइतबार

ट्रम्पले फेरि गरे केन्द्रीय बैंकका अध्यक्षको आलोचना

कात्तिक ७, २०७५
ट्रम्पले फेरि गरे केन्द्रीय बैंकका अध्यक्षको आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गर्नुभएको छ । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिनुभएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ । 

अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पावेललाई बैंकको अध्यक्ष बनाएर गल्ती गरेको समेत बताउनुभयो । “हरेक पटक हामीले ठूलै कदम चालेका हुन्छौं, तर उनी ९पावेल० ब्याजदर बढाउँछन्,” उहाँले भन्नुभयो । 

राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भन्नुभयो, पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु । 

उहाँले गत साता पनि केन्द्रीय बैंक ९फेडरल रिजर्भ० नै आफ्ना लागि सबैभन्दा ठूलो खतरा रहेको बताउनुभएको थियो । राष्ट्रपति ट्रम्पले पावेलको हिँडाई आफूले सोचेभन्दा धेरै छिटो रहेको प्रतिक्रिया दिनुभयो । 

यसैवर्ष मात्र केन्द्रीय बैंकले अर्थतन्त्रलाई नियन्त्रणमा राख्न भन्दै ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । डिसेम्बरमा पुनः ब्याजदर शून्य दशमलब २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपतिहरुले विगतमा बैंकको स्वतन्त्रतालाई सम्मान गर्दै ब्याजदरजस्ता विषयमा मौन रहने गर्दथे । तर राष्ट्रपति ट्रम्पले बैंकका नीतिहरुमाथि कडा टिप्पणी गरिआउनुभएको छ । 

अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको पदावधि चार वर्षको हुन्छ, र पावेलको पदावधि यसै वर्षको फेब्रुअरीबाट शुरु भएको हो । ट्रम्पले भन्नुभयो– उहाँ ९पावेल० न्यून ब्याजदर रुचाउने व्यक्ति हुनुहोला भन्ने मेरो सोचाई थियो । तर उहाँ त त्यस्तो होइन रहेछ । 

राष्ट्रपति ट्रम्पको विचारमा केन्द्रीय बैंकले अमेरिकी अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको छ, र ब्याजदर उच्च हुँदा अर्थतन्त्रको वृद्धि न्यून हुने र राष्ट्रिय ऋणको भार बढ्ने हुन्छ । 

“मेरा लागि अहिले बैंकको नीति सबैभन्दा ठूलो जोखिम हो, किनभने मेरो विचारमा ब्याजदरमा चाँडोचाँडो वृद्धि गरिएको छ,” ट्रम्पले भन्नुभयो । 

अमेरिकी आर्थिक वृद्धि दोस्रो चौमासिकमा ४।२ प्रतिशत पुगेको छ र यो चारवर्ष यताकै सबैभन्दा उच्च हो । 
––– 
 

salt training

कमेन्ट गर्नुहोस्