
काठमाडौं– कहीँ नभएको जात्रा भनिने हाँडीगाउँको चोक्टे नारायणको जात्रा शुरु भएको छ । चोक्टे नारायणको जात्रा पनि भनिने यो जात्रामा नारायणको माथि उल्टो गजुर हुने भएकोले कहीँ नभएको जात्रा हाँडीगाउँमा भनिएको हो ।
बुधबार नारायणको तीनवटा खट तयार गरिएको छ । जात्रालुहरु खट बाँध्न व्यस्त छन् । बिहीबार विहान ११ बजे सत्यनारायणको पूजा गरेर तीनवटा रथलाई हाँडीगाउँमा परिक्रमा गराइन्छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार खटमा राखिने मैनको फूल बनाई सकिएको छ ।