०६ असार २०८३, शनिबार

१०० वर्षअघिको गोरखापत्र : यस्तो थियो समाचार

कात्तिक ८, २०७५
१०० वर्षअघिको गोरखापत्र : यस्तो थियो समाचार

काठमाडौं– आजको गोरखापत्र दैनिकमा १९७० साउन १३ गते सोमबार प्रकाशित समाचारको संस्मरण गरिएको छ । 
समाचारमा भारतमा जर्मनीको व्यापार बढेको उल्लेख गरिएको छ । प्रतिद्वन्द्विता शीर्षकको समाचारमा भनिएको छ , ‘भारतका बजारमा बेलायति व्यवसायीहरुको प्रतिद्वन्द्वी यदिको इ भयदेखि जर्मनीवाला हुनुपर्छ. यस्कुराको अनुमान यै एकबाटबाट गरिन्छकि, प्रतिवर्ष युरोपका ३ राज्य आष्ट्रिया, फ्रान्स, बेलजियम राज्य बाट जतिमाल भारतमा आउछन्, तिसब्को भन्दा जर्मनीकोमाल १ करोड ८४ लाख २७ हजार ५ शय रुपिञा बढताको हिन्दुस्थानमा आउँछ. अर्थात केहिदिनदेखि भारतमा जर्मनीको ब्यबसाय खूपबढेकोछ.’ 
 

salt training

कमेन्ट गर्नुहोस्