२३ असार २०८३, मंगलबार

चक्कु प्रहारबाट एक जना गम्भीर घाइते

कात्तिक ८, २०७५
चक्कु प्रहारबाट एक जना गम्भीर घाइते

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ खल्लाका १८ वर्षीय वीरेन्द्र राना पेटमा चक्कु प्रहारबाट घाइते भएका छन् ।

आपसी विवादमा १९ वर्षीय कालु राना भनिने दिनेश रानाले गए राति वीरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने कालुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्