१० असार २०८३, बुधबार

ट्रम्पको फोनवार्ता सुनिरहेका छन् चीन र रुस : रिपोर्ट

कात्तिक ८, २०७५
ट्रम्पको फोनवार्ता सुनिरहेका छन् चीन र रुस : रिपोर्ट

काठमाडौं — अमेरिकाका जासूसी संस्थाहरूले राष्ट्रपति डोनल्ड ट्रम्पको फोन कलका सम्बन्धमा सनसनीखेज खुलासा गरेका छन् । 

संस्थाहरूका अनुसार, चीन र रुसले ट्रम्पको फोनवार्तामा हुने सबै कुरा सुन्छन् । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले देशका बहालवाला र पूर्वअधिकारीको हवाला दिँदै रिपोर्ट लेखेर यो दाबी गरेको हो । 

एजेन्सीहरूले भने, ‘चीनका जासूस प्रायः फोनका कुरा सुनरहेका हुन्छन् र त्यसको प्रयोग ट्रम्पको कामकाजलाई थप राम्रो गरी बुझ्न र प्रशासनका नीतिहरूलाई प्रभावित पार्नका लागि गर्छन् ।’ 

रिपोर्टका अनुसार, ट्रम्प आफ्ना साथीहरूसँग कुराकानी गर्नका लागि आईफोन प्रयोग गर्छन् । अधिकारीहरूले आईफोन प्रयोग नगर्नुस् भनेर बारम्बार भने पनि उनले बन्द गरेका छैनन् । 

अमेरिकी जासूसी एजेन्सीहरूले राष्ट्रपतिलाई बढी सुरक्षित हुने ल्यान्डलाइन प्रयोग गर्न सुझाव दिएका छन् । चीन र रुसका जासूसहरूले अमेरिकी राष्ट्रपति र परराष्ट्र अधिकारीहरूको कुरा सुनिरहेका हुने एजेन्सीहरूको दाबी छ । ह्वाइट
हाउसले यसमा कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्