१० असार २०८३, बुधबार

देवघाटका एक हजार ५२३ लाई भत्ता वितरण

कात्तिक ८, २०७५
देवघाटका एक हजार ५२३ लाई भत्ता वितरण

तनहुँ–तनहुँको देवघाट गाउँपालिकाले एक हजार ५२३ जनालाई करीब रु तीन करोड भत्ता वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा एक हजार पाँच महिला र ५१८ पुरुषलाई रु दुई करोड ९९ लाख ८१ हजार ४०० सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
 
सरकारले ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक (अन्य), एकल महिला, विधवा, पूर्ण अशक्त अपाङ्ग, अति अशक्त अपाङ्ग र बालबालिकालाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । गाउँपालिकाले गाउँपालिकाभित्र बसोवास गर्ने ७९ जना ज्येष्ठ नागरिक (दलित) लाई रु १२ लाख ८४ हजार, ८६२ जना ज्येष्ठ नागरिक (अन्य)लाई रु दुई करोड १० लाख ७५ हजार, २५४ जना एकल महिलालाई रु ३५ लाख ९२ हजार, २२३ जना विधवालाई रु २८ लाख ८० हजार, २६ जना पूर्ण अशक्त अपाङ्गलाई रु ६ लाख ६० हजार, ४० जना अतिअशक्त अपाङ्गलाई रु दुई लाख ९५ हजार २०० र ३९ जना बालबालिकालाई रु एक लाख ९५ हजार २०० सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । 

गाउँपालिकाले ३२ जना ज्येष्ठ नागरिक (दलित), ८६२ जना ज्येष्ठ नागरिक (अन्य), ५० जना एकल महिला र ३२ जना विधवालाई उपचार खर्चसमेत प्रदान गरेको थापाले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्