काठमाडौं — बलिउड अभिनेत्री आलिया भट्टकी आमा र वरिष्ठ अभिनेत्री सोनी राजदानले आफूमाथि भएको यौन दुर्व्यवहारका बारेमा खुलासा गरेकी थिइन् ।
उनले अहिले आलोक नाथका सम्बन्धमा पनि प्रतिक्रिया दिएकी छन् ।
लेखिका तथा निर्देशिका विन्ता नन्दाले आलोक नाथमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यसबारेमा सोनी राजदानले भनिन्, ‘मैले आलोक नाथलाई रक्सीको नशामा खराब व्यवहार गरेको देखेकी छु । नशामा उनी अर्कैै
मानिस बन्छन् । म त्यो खतरनाक आलोक नाथलाई चिन्छु । विन्ता नन्दाको कथा सुनेर म तर्सिएकी थिएँ । सबैलाई थाहा छ, आलोक दुईवटा व्यक्तित्व भएका मानिस हुन् ।’
राजदानले थपिन्, ‘रक्सी पिएपछि उनी कामुक हर्कत गर्न थाल्छन् । उनले मसँग त कुनै गलत हर्कत गरेनन् तर एकचोटि उनले निकै घिनलाग्दो नजरले मलाई हेरेका थिए । मलाई त्यो पटक्कै मन परेन । तर सामान्य अवस्थामा हुँदा उनी
त्यस्तो केही पनि गर्दैनथिए ।’
आलोक नाथले आफ्नो गल्ती मान्नुपर्ने सोनी राजदानले बताइन् । उनले विन्ता नन्दासँग माफी माग्नुपर्ने सोनीको भनाइ छ । विन्ता बाहेक अन्य धेरै महिलाले आलोक नाथमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।
एजेन्सी