११ असार २०८३, बिहीबार

जुध्दा पनि जय भोले चलेपछि अशोक शर्माको निष्कर्ष– दशैंमा एक्लै फिल्म चलाउँछु भनेर नसोचे हुन्छ

कात्तिक ८, २०७५
जुध्दा पनि जय भोले चलेपछि अशोक शर्माको निष्कर्ष– दशैंमा एक्लै फिल्म चलाउँछु भनेर नसोचे हुन्छ

काठमाडौं –घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा–३’ हेर्ने दर्शकको फ्लो अहिलेसम्म पनि घटेको छैन । यता फूलपातिको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ले पनि दर्शकको राम्रै साथ पाइरहेको छ ।

ʻछक्का पञ्जा ३ʼ को व्यापार बम्पर छ, ʻजय भोलेʼ औसतमा छ । तर दशैंलाई लक्षित गर्दै प्रदर्शनमा आएका ठूला व्यानरका यी दुवै फिल्मलाई दर्शकले हेरेका छन् । दशैं फिल्मका लागि राम्रो मिति भएको ʻजय भोलेʼका निर्देशक अशोक शर्मा बताउँछन् । 

ʻदशैंको मिति फिल्मका लागि एकदमै राम्रो हो । दशैंमा दर्शक फेस्टिभ मूडमा हुन्छन्, लामो बिदामा हुन्छन् । उनीहरूले चलचित्र हेर्न खोज्छन्,ʼ बुधबार चलचित्रको साप्ताहिक व्यापार सार्वजनिक गर्दै उनले भने– ʻत्यो फिल्मको व्यापारले पनि देखाइसक्यो । नत्र त एउटा फिल्म साफ नै हुनुपर्ने नि । तर दुवै फिल्ममा दर्शक आए ।ʼ 

दशैंमा २/३ वटा फिल्म प्रदर्शनमा आउनुपर्ने उनी बताउँछन् । 

ʻदशैंमा कसैले पनि म एक्लै फिल्म लगाउँछु भनेर अब नसोचे हुन्छ । २, ३ वटा फिल्म आउँछ, आउँछ,ʼ उनले भने,– ʻयसवर्ष पनि २ वटा फिल्म आए । ʻछक्का पञ्जा ३ʼ घटस्थापनामा आयो, मेरो फूलपातिमा आयो ।ʼ

दशैंमा फिल्मको व्यापार पनि राम्रो हुने बताउँदै आउँदा वर्षपनि यो मितिमा सोलो फिल्म लगाउँछु, एक्लै फिल्म लगाउँछुु भनेर कसैलाई पनि नसोच्न उनी आग्रह गर्छन् । दशैं मात्रै होइन् राम्रो डेट तिहार, नयाँ वर्षमा पनि २/३ वटा फिल्म चल्नुपर्ने अशोक बताउँछन् ।

ʻछक्का पञ्जा ३ʼ र ʻजय भोलेʼ एकै मितिमा जुध्ने चर्चाका बीच ६ दिनको फरकमा प्रदर्शनमा आएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्