२२ असार २०८३, सोमबार

अस्कर अवार्डमा गल्ती नै गल्ती, नमरेको मानिसको तस्वीरलाई मृतकको सूचीमा राखियो

कात्तिक २०, २०७४
अस्कर अवार्डमा गल्ती नै गल्ती, नमरेको मानिसको तस्वीरलाई मृतकको सूचीमा राखियो
काठमाडौं, १६ फागुन — यसपालीको अस्कर अवार्ड समारोहमा बेइज्जती हुने खालका गल्ती गरिएका छन् । पहिला ला ला ल्यान्डले जितेको घोषणा गरिएपनि अन्ततोगत्वा मूनलाइटले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्यो ।


त्यसैगरी अस्ट्रेलियाकी फिल्म निर्माता ज्यान च्यापम्यानलाई मृत्यु भएका कलाकारको सूचीमा समावेश गरियो । इन मेमोरियम सेक्सनमा उनको पनि चित्र समाविष्ट थियो ।

फोटो उनको भएपनि नाम र जन्ममृत्यु मिति चाहिँ उनकी साथी ज्यानेट प्याटरसनको राखिएको थियो । प्याटरसनको सन् २०१६ को अक्टोबरमा निधन भएको थियो ।

मरेको मानिसको सूचीमा आफ्नो तस्वीर प्रयोग गरिएकोमा आफूलाई चित्त दुखेको ज्यानले बताइन् । ‘म जिउँदै छु,’ उनले भनिन् ।

यसैबीच अस्करमा फिल्महरूमाथिको मतदान गणना गर्ने प्राइसवाटरहाउसकूपर्स नामक संस्थाले सर्वोत्कृष्ट चलचित्रको अवार्डमा भएको गल्तीप्रति माफी मागेको छ । ‘यो गल्तीप्रति हामी हृदयदेखि माफी माग्छौं र यसमाथि अनुसन्धान गरिने प्रतिबद्धता जनाउँछौं,’ उसले वक्तव्य जारी गर्दै भन्यो ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्