०५ असार २०८३, शुक्रबार

मोदीले डराएर आधी रातमा सीबीआईका निर्देशकलाई बर्खास्त गरेका हुन् : राहुल गान्धी

कात्तिक ८, २०७५
मोदीले डराएर आधी रातमा सीबीआईका निर्देशकलाई बर्खास्त गरेका हुन् : राहुल गान्धी

काठमाडौं — कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले सीबीआई निर्देशकलाई जबर्जस्ती छुट्टीमा पठाइएको विषयलाई राफेल डीलसँग जोड्दै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रमण गरेका छन् । 

सीबीआई अनुसन्धानमा राफेल डीलको सत्य कुरा सार्वजनिक हुने डरले निर्देशकलाई आधी रातमा हटाइएको उनले आरोप लगाए । 

राहुलले राजस्थान भ्रमणको दोस्रो दिनमा कोटामा कांग्रेसका महिला कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ‘तपाईंहरू घरघरमा गएर राफ्ल डीलमा भएको भ्रष्टाचारका बारेमा मानिसहरूलाई बताउनुस् । राफेल डीलको अनुसन्धान
सीबीआईले गर्न खोजेको थियो । तर प्रधानमन्त्री डरले काँपे अनि आधी रात सीबीआई निर्देशकलाई हटाए ।’

सीबीआई निर्देशक आलोक वर्मालाई नहटाइएको भए राफेल डीलको सत्यतथ्य थाहा हुने थियो भने । निर्देशकलाई गलत तरिकाले हटाइएको उनको आरोप छ । उनीहरूले यसरी सीबीआई निर्देशकलाई हटाउन नमिल्ने उनले भने । 

निर्देशकलाई हटाउनका लागि भारतका मुख्य न्यायाधीश समेत तीन मानिसको समिति हुने र उसैले यसमा निर्णय लिने उनले जानकारी दिए । तर प्रधानमन्त्रीले मुख्य न्यायाधीशलाई नसोधिएको र सीबीआई निर्देशकलाई हटाएको
राहुलको भनाइ छ । ‘देशको चौकीदार चोर भएको छ । राफेल डीलको सत्यतथ्य बाहिर आउला भनेर चौकीदार डराएका छन्,’ राहुलले भने ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्