०४ असार २०८३, बिहीबार

इन्डोनेसियाली प्रहरीद्वारा इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिए

कात्तिक २०, २०७४
इन्डोनेसियाली प्रहरीद्वारा इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिए

 

बन्डुङ्ग (इन्डोनेसिया), १६ फागुन - इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिएका छन् ।

सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका हुन ।

जाभा द्विपको बन्डुङ्ग सहरमा भएको यस घटनामा आइएस आवद्ध व्यक्ति बाहेक अरु कसैको पनि हताहतको खबर नभएको जनाइएको छ ।

सरकारी कार्यकालको विपरित दिशामा दोहोरो गोली हानाहान हुनुभन्दा पहिले एक पार्कमा प्रेसर कुकर बम विस्फोट भएको थियो ।

स्थानीय समयाअनुसार सो बिहान ८ः३० बजे विस्फोट गराइएको थियो । सुरक्षा अधिकारीसँग दोहोरो गोली हानाहानपछि पेटमा गोली लागेर घाइते भएका ती व्यक्ति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार ती आक्रमणकारी आइएस समर्थक सञ्जाल ‘जमाआह एनशारुत दउलाह’का सदस्य र रहेका सो सञ्जालले मुसलमानको बाहुल्यता रहेको यस देशमा गतवर्ष शृङ्खलाबद्ध रुपमा बारम्बार आक्रमण गरेको दाबी गरेका थिए । रासस ÷एएफपी

salt training

कमेन्ट गर्नुहोस्