
काठमाडौं। आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने दुई चलचित्र ‘चङ्गा चेट’ र ʻमालिकाʼले केही पोष्टर सार्वजनिक गरेका छन् । प्रदर्शनका लागि एक साताको समय रहँदा निर्माण टिमले चलचित्रका नयाँ पोष्टर सार्वजनिक गरेका हुन ।
दिपेन्द्र के खनालको निर्देशन रहेको ‘चङ्गा चेट’को सार्वजनिक पोष्टरमा चलचित्र भित्रको कथावस्तु चित्रित छ । ‘चङ्गा चेट’लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्त, रविन्द्र झा लगायतको मुख्य भूमिका छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेल, राजनराज शिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द्ध, निरक कँडेलको छायांकन रहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन छ ।
यता रेखा थापाको निर्देशन र अभिनय रहेको चलचित्र ʻमालिकाʼले पनि केही पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार रेखा थापा र कमला वलीलाई विभिन्न फरकफरक अवतारमा देखाइएको छ । जाजरकोटकी कमलाले महिला हिंसा विरुद्ध आवाज उठाउने यस चलचित्रबाट डेब्यु गर्दैछिन् । 
यसअघि सार्जजनिक चलचित्रको गीत र ट्रेलरलाई दर्शकले रुचाएका छन् । सरस्वती थापाको निर्माणमा बनेको चलचित्रको कार्यकारी निर्मातामा नर कार्की रहेका छन् । चलचित्रको कथा रेखा र कार्कीले तयार पारेका हुन् । चलचित्रमा सुरेश अधिकारी र एसडी योगीको संगीत छ ।