११ असार २०८३, बिहीबार

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ !

कात्तिक ९, २०७५
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ !

काठमाडौं– भारतको केन्द्रीय अन्वेषण व्यूरो(सीबीआई) को कार्यालय अगाडि प्रदर्शन गरेका प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी गिरफ्तार भएका छन् ।

राहुलका साथ अशोक गहलोत, प्रमोद तिवारी समेत अन्य कांग्रेस नेता पनि गिरफ्तार भएका हुन् । 

राहुल गान्धीको नेतृत्वमा कांग्रेसको मार्च पास दयाल सिंह कलेजबाट शुरु भएर सीबीआइको कार्यालयसम्म पुगको थियो । राहुल गान्धी लोधी रोड प्रहरी चौकी नजिक गिरफ्तार भएका हुन् । यो प्रदर्शनमा राहुलका साथ विपक्षी पार्टीका अन्य कयौं नेता सहभागी गिए । 

सीबीआइको कार्यालय अगाडि कांग्रेस अध्यक्ष राहुल गान्धीले मानिसलाई सम्बोन्धन गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध उत्रिएका थिए । 

राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबै संस्थानमा आक्रमण गरिरहेको आरोप लगाए । 

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सीबीआईका निर्देशक आलोक वर्मालाई बर्खास्त गरेपछि आन्दोलन चर्किएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्