
काठमाडौं– भिसा नै नभएका १ सय ८४ जना महिलालाई श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभागका २५ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
विचौलियाको मिलेमतोमा बिना भिसा एवं गलत कागजातहरुमा श्रम स्वीकृति (स्टिकर) प्रदान गरेको भन्दै अख्तियारले वैदेशिक रोजगार विभाग, ताहाचलका २५ जना विरुद विषेश अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारले गरेको अनुसन्धानबाट २५ अगष्ट २०१७ देखि २५ अक्टोवर सम्ममा वैदेशिक रोजगारको लागि कुवेत जान चाहने महिला श्रमिकहरुको विवरणमा १ सय ८४ महिलाहरुलाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरीएको भेटिएको हो ।
श्रम स्वीकृति प्रदान गर्ने विभागको ताहाचल कार्यलयका शाखा अधिकृत हरिप्रसाद देवकोटा¸ शाखा अधिकृत दीपककुमार आचार्य¸ शाखा अधिकृत गणेश विक्रम शाह¸ शाखा अधिकृत दिनेश कुमार राई¸ शाखा अधिकृत पवित्रा श्रेष्ठ, शाखा अधिकृत रामप्रसाद ओली¸ नायव सुब्बा अमरराज जोशी¸ नायव सुव्बा विष्णुहरी निरौला¸ नायव सुव्बा दिलबहादुर खत्री¸ नायव सुव्बा हेमराज पाण्डे¸ नायव सुव्बा कर्णबहादुर नेपाली¸ नायव सुव्बा केदार घिमिरे¸ नायव सुव्बा मदन गिरी¸ नायव सुव्बा खगेन्द्र पोखरेल¸ नायव सुव्बा लक्ष्मीदेवी भूषाल¸ नायव सुव्बा नगेन्द्रप्रसाद गौतम¸ नायव सुव्बा रविन्द्र घिमिरे¸ नायव सुव्बा रघुनाथ के.सी.¸ नायव सुव्बा योगेन्द्र खत्री¸ टा.नायव सुव्बा केशवराज ढुंगाना र कम्प्युटर अपरेटर अमर महरा¸ कम्प्युटर अपरेटर चक्रबहादुर पराजुली¸ कम्प्युटर अपरेटर डम्वर बहादुर विश्वकर्मा¸ कम्प्युटर अपरेटर धनवीरसिंह भाट¸ कम्प्युटर अपरेटर राजकुमार शाही समेतका २५ जना छन् ।
वैदेशिक रोजगार ऐन, २०६४ विपरित भिसा नभएका व्यक्तिहरुलाई गलत कागजातका आधारमा श्रम स्वीकृति दिने कार्यमा संलग्न भएको भन्दै वैदेशिक रोजगार विद्धभाग काठमाडौं कार्यालय¸ ताहाचलका २५ जनाविरुद मुदा दायर गरेको हो ।