०४ असार २०८३, बिहीबार

ग्रीसमा भूकम्प

कात्तिक ९, २०७५
ग्रीसमा भूकम्प

एथेन्स, ग्रीस-  ग्रीसमा शुक्रबार बिहान सबेरै ६.६ रिक्टर स्केलको भूकम्प गएको छ ।

ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यस भूकम्पबाट प्रभावित भएको छ । 

युरोपेली भूमध्यसागरीय भूगर्भ केन्द्रका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहान २ः०० यो भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु प्रभावित क्षेत्रको आसपासमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ । 

हालसम्म यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन । विस्तृत विवरणको प्रतिक्षारत रहेको समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्