११ असार २०८३, बिहीबार

श्रीलङ्काली राजनीतिमा नाटकीय मोड, दुई पटक राष्ट्रपति भइसकेका राजपाक्षे अब प्रधानमन्त्री

कात्तिक ९, २०७५
श्रीलङ्काली राजनीतिमा नाटकीय मोड, दुई पटक राष्ट्रपति भइसकेका राजपाक्षे अब प्रधानमन्त्री

काठमाडौं–श्रीलङ्काली राजनीतिले एकाएक रोचक मोड लिन पुगेको छ । दुई पटक देशको राष्ट्रपति भइसकेका महिन्दा राजपाक्षे शुक्रबार एकाएक देशको प्रधानमन्त्री चयन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए) सत्तारूढ गठबन्धनबाट बाहिरिएपछि राजपाक्षे प्रधानमन्त्री चुनिएका हुन् ।

युपीएफए गठबन्धनबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री रनील विक्रमसिंघेलाई सिरिसेनाले बर्खास्त गर्दै राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । 

श्रीलङ्काली अङ्ग्रेजी दैनिक श्रीलङ्का टुडेले राजपाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको ट्वीटरमार्फत पुष्टि गरेको छ । 

पेसाले वकिल रहेका राजपाक्षे सन् १९७० मा पहिलो पटक श्रीलंकाको संसदमा प्रवेश गरेका थिए ।  त्यसको  ३४ वर्षपछि अर्थात सन् २००४ मा उनी देशको १८ औं प्रधानमन्त्री बने ।  यस्तै सन् २००५ मा उनी पहिलो पटक र २०१० मा दोस्रो पटक राष्ट्रपति चयन भए । यद्यपी सन् २०१५ मा भने उनी राष्ट्रपतिको दौडमा सिरिसेनासँग पराजित बन्न पुगेका थिए । 

अहिले फेरि उनै राजपाक्षे नाटकीय रुपमा देशको प्रधानमन्त्री बन्न पुगेका हुन् । 

राजपाक्षेले आफ्नो राष्ट्रपतिय कार्यकालयमा तत्कालिन बिद्रोही समूह लिवरेसन टाइगर अफ तमिल इलम (एलटीटीई–लिट्टे) प्रमुख प्रभाकरणलाई सैन्य कारबाहीमार्फत विनाश गरेका थिए । जुन कारबाही २००९ मा चलाइएको थियो ।

प्रभाकरणको मृत्यु पश्चात श्रीलंकामा २६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो । 

यद्यपि, लिट्टेका प्रमुखको हत्यापछि उनीमाथि मानवअधिकार उलंघनको आरोप समेत लागेको थियो । उनले त्यतिबेला एक अन्तर्वार्ताका क्रममा भनेका थिए–लिट्टेसँगको भएको लडाईँमा कोही गैरसैनिक मारिएका छैनन् ।

यदी हामीले मानवअधिकार उलंघन गर्नु नै थियो भने लिट्टेविरुद्धको कारबाही साढे २ वर्ष लामो हुँदैनथियो । 

राजपाक्षे विगतमा पदमा हुँदा र नहु्ँदा पटक पटक नेपाल भ्रमणमा आएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्