११ असार २०८३, बिहीबार

अम्बा घाँटीमा अड्कीएर मृत्यु

कात्तिक ९, २०७५
अम्बा घाँटीमा अड्कीएर मृत्यु

पोखरा- स्याङ्जाकाे वालिङ.नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ । 

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा मृत्यु भएको हो । 

अम्बा घाँटीमा अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्