३१ जेठ २०८३, आइतबार

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

कात्तिक २०, २०७४
विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ


बेइजिङ, १६ फागुन - चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ ।china

मन्त्रालयले देशभर गैरकानुनी रुपमा कारोबार गर्दै आएका ‘भूमिगत बैंक’ ले गत वर्षमा चीनको झन्डै १३० अर्ब अमेरिकी डलर बराबरको रकमको अपचलन गरेको पाइएको बताइएको छ ।

चीनमा व्यवसायीलाई सहयोग पु¥याउन विनादर्ता पनि बैंकिङ कारोबार गर्न अनुमति प्रदान गरिँदै आएकोमा यस्तो कारोबारले राज्य सञ्चालित बैंकिङ प्रणालीलाई समेत खतरा ल्याउँदै वित्तीय अपराधलाई प्रश्रय दिँदै विदेशी मुद्राको विनिमय नियन्त्रणलगायतका अन्य कानुनलाई समेत उल्लङ्घन गरेको आरोपमा यसमा संलग्न ठूलो सङ्ख्यालाई नियन्त्रणमा लिएको हो ।

चिनियाँ कम्पनी र साना लगानीकर्तामार्फत प्रत्येक महिना अर्बौँ डलर बराबरको रकम चीन बाहिर लगेको आरोपमा कम्पनी र साना लगानीकर्ताहरु र यसमा संलग्न व्यवसायीलाई नियन्त्रणमा लिइएको हो ।

चिनियाँ प्रशासनले यस्ता कारोबारबाट चिनियाँ मुद्राको अवमूल्यन हुनसक्ने निष्कर्षका साथ बाहिर जाने लगानी र व्यक्तिगत लगानीकर्तालाई कानुनी दायरामा ल्याउने प्रयास गरेको अनुमान गरिएको छ ।

आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पक्राउ वित्तीय कारोबारमा संलग्न व्यक्तिलाई कस्ता क्रियाकलापलाई प्रश्रय दिएका थिए भन्नेबारे विस्तृतमा नजनाइकन उनीहरुले अनधिकृत रुपमा मुद्रा विनिमय कारोबारमा सम्लग्न भएकोे बताइएको छ ।

चीनको विदेशी मुद्रा विनिमय केन्द्रले विगत छ महिनादेखि केन्द्रीय बैंकद्वारा अनुमानित प्रति महिना ४० देखि ६० अर्ब अमेरिकी डलर विदेशी मुद्रा विनिमयमा खर्चिदै आएको भनी आउने गरेको आरोपलाई खण्डन गर्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्