११ असार २०८३, बिहीबार

विस्फोटक पदार्थ पठाएको आरोपमा एक जना पक्राउ

कात्तिक १०, २०७५
विस्फोटक पदार्थ पठाएको आरोपमा एक जना पक्राउ

काठमाडाैं- अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाएको र पूर्वराष्ट्रपतिहरूलाई धम्की दिएको लगायतका आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकी अधिकारीहरूले ५६ वर्षीय सिजर सेयकलाई फ्लोरिडामा पक्राउ गरिएको जनाएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै केही दिनयता विस्फोटक पदार्थ पठाउने गरिएको थियो । विगत केही दिनयता पूर्वराष्ट्रपति बराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शङ्कास्पद विस्फोटक पदार्थ पठाइएका छन् ।

फ्लोरिडा र न्यूयोर्कमा शुक्रवार बिहान दुईवटा शङ्कास्पद विस्फोटक पदार्थ फेला पारिएको थियो । त्यसपछि क्यालिफोर्नियामा पनि दुईवटा भेटिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्