२३ जेठ २०८३, शनिबार

पर्यटनको उच्च सम्भावना भएको देशमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै !

कात्तिक २०, २०७४
पर्यटनको उच्च सम्भावना भएको देशमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै !

Touristकाठमाडौं, १७ फागुन- नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । यसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश छैन, आजको नयाँ पत्रिकामा खबर छ ।

तथ्यांकअनुसार नेपालबाट डलर सटहीबाट मात्र वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढी बाहिरिन्छ । नेपालीले भ्रमणका लागि गत आर्थिक वर्ष ०७२÷७३ (सन् २०१५-१६)मा ५६ अर्ब ४१ करोड रुपैयाँबराबरको अमेरिकी डलर वा अन्य विदेशी मुद्रा सटही गरेको तथ्यांक छ । तर, विदेशी पर्यटकले नेपालमा सो अवधिमा ४१ अर्ब ४६ करोड मात्रै खर्च गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्