१५ असार २०८३, सोमबार

बालुवाटार पुगेर चिकित्सकले जाँचे, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

कात्तिक ११, २०७५
बालुवाटार पुगेर चिकित्सकले जाँचे, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं— स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । रुघाखोकी र छातीमा संक्रमणका कारण नेकपा अध्यक्ष समेत रहेका ओली शनिवार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेका थिएनन् । 

प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रवारका लागि तय भएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । शुक्रवार स्थगित भएको मन्त्रिपरिषद्को बैठक आइतवार बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । 

ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री आजदेखि नियमित काममा फर्किल लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ, दिउँसो तीन बजेका लागि मन्त्रिपरिषद् बैठकको तयारी छ’ अधिकारीले लोकान्तरसँग भने । अधिकारीका अनुसार चिकित्सकको टोलीले बालुबाटार पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरेको थियो ।

संक्रमण बढ्न सक्ने भन्दै डाक्टरले सल्लाह दिएपछि ओली शनिवारको चियापान कार्यक्रममा सहभागि भएका थिएनन् । प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले बाहिर प्रचार गरिएजस्तो ओलीको स्वास्थ्य खराव नरहेको बताए । ‘आइसीयुमा भर्ना गर्ने तयारी भन्ने अफवाह हो’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्