
काठमाडौं — एक निजी चिनियाँ कम्पनीले अन्तरिक्षमा पहिलोपटक पठाएको रकेट असफल भएको छ ।
बेइजिङमा रहेको ल्यान्डस्केप नामक कम्पनीले शनिवार राति जनाएअनुसार, आफ्नो जेडक्यू–१ रकेटले पहिलो र दोस्रो चरणमा सामान्य रूपमा काम गरेको तर तेस्रो चरणमा समस्या आयो ।
चीनमा एक निजी कम्पनीले बनाएको यो नै पहिलो तीन चरण रकेट थियो ।
एक चिनियाँ न्युज साइटले पोस्ट गरेको भिडियोमा १९ मिटर अग्लो सेतो र रातो रकेट खुलेको आकाशमा उडेको देखाएको थियो ।
ल्यान्डस्केपले भन्यो, ‘रकेटको भाग छुट्टिने काम (काउलिङ सेपरेसन) सामान्य नै थियो तर दोस्रो चरणपछि असाधारण कुरा भयो’ । ल्यान्डस्केपको सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरिएको वक्तव्यलाई उसले व्याख्या गरेको छैन ।
चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार, रकेटमा सरकारी टीभी सीसीटीभीको भूउपग्रह थियो ।
द गार्डियनबाट