१९ असार २०८३, शुक्रबार

कारको ठक्करबाट घाइते भएकी ७५ वर्षीया वृद्धाको मृत्यु

कात्तिक ११, २०७५
कारको ठक्करबाट घाइते भएकी ७५ वर्षीया वृद्धाको मृत्यु

सप्तरी- कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

उहाँको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्